दिल्लीमा वायु प्रदूषणको स्तर ‘गम्भीर श्रेणी’मा


नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि एक पटक ‘गम्भीर श्रेणी’मा पुगेको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ श्रेणीमा रेकर्ड गरिएको हो ।

सोमबार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । दिल्लीमा वायुको गुणस्तर सूचकांक ४५० भन्दा माथि छ । जुन ‘अति खराब’ को श्रेणीमा पर्छ ।

प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरमा पाकिस्तानको लाहौर दोस्रोमा छ । धेरै वायु प्रदूषण हुने शहरको सूचीमा भारतकै कोलकत्ता तेस्रोमा छ ।

प्रतिक्रिया