राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाईटीका
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट टीका ग्रहण गरेका छन् ।
उनले शुभसाइतमै विधिपूर्वक तिहारको टीका लगाएका हुन् ।
राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।