बुद्धिराज गुरुङ र केदार ढकाल एआईजीमा बढुवा सिफारिस
काठमाडौं – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्रालयले २ एआईजीका लागि बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाको सिफारिस गरेको छ ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा कार्यरत छन् ।