प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ५ बजे बैठक बस्ने भन्ने सूचना आएको एक मन्त्रीले जानकारी दिए ।
बैठकमा डेडिकेटेड र ट्रंक लाइनको विवादबारे छलफल हुनसक्नेछ । यस्तै मन्त्रालयको प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।
यसअघि गत बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ ।