घोराहीमा शिकार खेल्न गएका २ मध्ये एकको गोली लागेर एक मृत्यु


दाङ – दाङको घोराहीमा शिकार खेल्न गएका दूई मध्य एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं। १३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना वडा नं। १२ को जंगल क्षेत्रमा शुक्रवार राति भएको जानकारी दिए ।

घटनास्थल पुग्न तीन/चार घन्टा जति पैदल हिड्नु पर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रो संग हुन नसक्ने हुँदा घटनाबारे थप बिवरणहरु आउन बाँकी रहेको एसपी चन्दले बताए ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि प्रहरी पहिचान गरि नियन्त्रणमा लिइ सकेको एसपी चन्दले जानकारी दिए । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

यसैबीच भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको शव पोष्टमार्टमको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया