अनाथ आश्रममा बलात्कार प्रकरणमा प्रहरीले जाहेरी कुर्दा कुर्दै अभियुक्त भागे

आश्रममा रहेका १५ बालबालिकाको प्रहरीद्वारा उद्धार


दाङ – तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्धार गरिएको छ ।

आश्रम सञ्चालकविरुद्ध बलात्कार उजुरी परेपछि आश्रममा रहेका अन्य बालिकाहरुलाई समेत सुरक्षा खतरा बढेपछि उनिहरुलाई उद्वार गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार आश्रममा रहेका ६ जना बालिका र ९ जना बालकलाई शुक्रबार आश्रमबाट उद्वार गरिएको छ । बालिकाहरुलाई तुलसीपुर उपमहानगरपालिकाको सेफ हाउसमा राखिएको छ भने बालकहरुलाई उनिहरुले पढ्दै आएको पब्लिक ज्ञानज्योती माविमा बस्ने ब्यवस्था मिलाईएको छ ।

साथै प्रहरीले आश्रममा रहेका बालिकाहरुमाथि सञ्चालकबाट भएको ब्यवहारबारे अनुसन्धान थालेको पनि छ । प्रहरीले त्यहाँ रहेका बालबालिकाहरुलाई सञ्चालक चौधरीले गरेको ब्यवहार बारे सोधपुछ गरेको हो ।

अहिले सम्मको सोधपुछका क्रममा आश्रमका बालबालिकाहरुले भनेको कुरा भन्न नमिल्ने भन्दै डिएसपी सिंहले थपे ‘यो विषय अहिले अनुसन्धानकै क्रममा छ, अहिले यो विषयमा भन्न मिल्दैन ।’

आरोपित आश्रम सञ्चालक चौधरी भने अहिले सम्म पक्राउ परेका छैनन् । बुधबार राती नै प्रहरीलाई उजुरि आएपनि जघन्य प्रकृतिको अपराध बलात्कार सलग्न उनलाइ पक्राउ गर्न सकेको छैन । गम्भिर अपराध, त्यसमा यति संबेदनसिल बिषयमा प्रहरी प्रमुख गम्भिर नभएकै कारण आरोपित चौधरी भाग्न सफल भएका छन ।

बुधबार राती उजुरि पाइसकेको जिल्ला प्रहरी कार्यालय दाङको लापरबाहिका कारण प्रहरीले जाहेरी नआएको पर्खिएपछि घटनामा सलग्न दोषिहरु उम्किए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहिवार दिउसो जाहेरी आएपछि प्रहरीले सकृयता बढाएपछि उनि फरार भइसकेका छैनन् ।

प्रतिक्रिया