केही दिनमै संसद बैठक स्थगित गराउने प्रधानमन्त्री ओलीको तयारी


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै संघीय संसदको बैठक स्थगित गराउने तयारी थालेका छन्।

पुनःस्थापित प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित गराउनका लागि मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयलाई सिफारिस गर्नेछ।

एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सांसदलाई बजेटका विषयमा सुझाव माग गर्दै अधिवेशन स्थगन गर्नुको कारण खुलाएका थिए।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैशाखमा बर्षे अधिवेशन सुरु गर्नु पर्ने भएकाले यो हिउँदे अधिवेशन स्थगित गर्न लागेको प्रधानमन्त्री ओलीले बताएका थिए।

प्रतिक्रिया