प्रचण्ड-माधवसहित विपक्षी दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र


काठमाडौँ – विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विपक्षी दलहरुले ज्ञापनपत्र बुझाइएका हुन् ।

सरकारकै निकायले बाढी पहिरोबाट हुन सक्ने जोखिमबारे पहिले नै सूचना दिँदा समेत सरकारले उचित ध्यान नदिएको, पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनामा उदासीन रहेको, सुशासन, सामाजिक न्याय, जनजीविकाको सवालमा प्रभावकारी भूमिका नखेलेको लगायत अल्पकालीन र दीर्घकालीन विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको कार्यदल सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

ज्ञापनपत्र बुझाउनका लागि पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह छन् ।

यस्तै कार्यदलका सदस्यहरू बस्नेतसहित राजेन्द्र पाण्डे, शिशिर खनाललगायत नेताहरू बालुवाटार गएका थिए । कात्तिक १ को प्रतिपक्षी दलहरूको बैठकमा सत्तामा रहेका लोसपा र नागरिक उन्मुक्ति पार्टी सहभागी भए पनि आज भने उनीहरू सामेल छैनन् ।

प्रतिक्रिया