
पूर्व डिआईजी जोशीलाई बयानका लागि रुपन्देही पुर्याइयो, पर्सीमात्र पोखरा ल्याइने
पोखरा — सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई सोमबार रुपन्देही पठाएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई पोखराबाट भैरहवाको उडानमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।
असोज ६ गते पक्राउ परेका जोशी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् ।
जोशीको बयान पूरा भएपनि रूपन्देहीबाट कात्तिक ७ गतेमात्र पोखरा फर्काइने प्रहरीले जनाएको छ ।



कागजपत्र |
