

अमेरिकाविरुद्ध नेपालले गर्यो सिरिज ‘क्लिनस्वीप’
आशिफको अर्धशतक, २ कुशलको शानदार साझेदारी

काठमाडौं – अमेरिकामा सम्पन्न टी–२० सिरिजमा नेपालले क्लिनस्वीप गरेको छ ।
खेलको तेस्रो तथा अन्तिम खेलमा नेपालले पाएको १५७ रनको लक्ष्य २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गरेको गर्दै सिरिज क्लिनस्वीप गरेका ेहो ।
नेपालका लागि आशिफ शेखले ५० रन बनाए भने कुशल भुर्तेलले ४० रन बनाउँदा कु्शल मल्लले ४४ रनको नटआउट पारी खेलेका थिए भने अनिल शाह १३ रनमा आउट भएका थिए ।
त्यसअघि अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा १५६ रन बनाउँदै नेपाललाई उक्त लक्ष्य दिएको थियो ।
अमेरिकाका लागि सैतेजा मुकामलाले ५१ बलमा विस्फोटक ६८ रनको पारी खेलेका थिए । उनलाई सोमपाल कामीले आउट गराएका थिए ।
त्यस्तै मोनांक पटेल २ रनमा आउट हुँदा एन्ड्रीस गोउस पनि २ रनमै आउट भएका थिए । त्यस्तै अरुण जोन्सले १३ रन बनाउँदा मिलिन्द कुमारले नटआउट ४७ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले २ विकेट लिँदा रिजन ढकाल र ललितराज राजवंशीले १÷१ विकेट लिएका थिए ।

