अमेरिकालाई सुरुवातमै झड्का, करणले दिलाए नेपाललाई पहिलो सफलता


काठमाडौं – अमेरिकाविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् । उनले मोनांक पटेललाई १ रनमा आउट गरेका हुन् । अहिले अमेरिका २ ओभरमा ५ रन बनाएर खेलिरहेको छ ।

त्यसअघि कुशल भुर्तेलको शानदार पारीसहित नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि भुर्तेलले अविजित ९२ रनको पारि खेलेका छन् ।

नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७० बनाउँदै अमेरिकालाई उक्त लक्ष्य दिएको हो । नेपालका लागि अन्तिम बलमा करण केसीले छक्का प्रहार गरेका थिए ।

नेपालका आशिफ शेख १ रनमा आउट हुँदा अनिल शाह २५ रनमा आउट भए भने गुल्सन झा १९ रन बनाउँदै आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेल १८ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले २ रन बनाएका थिए । आरिफ शेख १ रनमा रनआउट भएका थिए ।

अमेरिकाका लागि नौथुश केन्जेगे र जसदीप सिंहले २/२ विकेट लिएका थिए सौरभ नेत्रभालाकरले १ विकेट लिएका थिए ।

प्रतिक्रिया