
कालीकाेटमा आगलागी हुँदा ३ घर जले
कालीकाेट – कालीकोटको तिलागुफा नगरपालिका–६ जुविथामा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।
स्थानीयवासी परेक शाहीको घरबाट शुरू भएको आगोले अरू दुई वटा घर पनि जलेका हुन् ।
प्रहरी चौकी खल्ला, प्रहरी चौकी गाल्जे, प्रहरी चौकी नाग्म र जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले आगो निभाएकाे कालीकाेटका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलले जानकारी दिए ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउन बाकी छ ।



कागजपत्र |
