

करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौंडामा करेन्ट लागेर शनिबार दिउँसो दुई जना बालिकाको मृत्यु भएको छ ।
हेटौंडा–१६ चिसापानी नजिकै रहेको कभर्ड हलमा ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा करेन्ट प्रवाह भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर उनीहरूलाई करेन्ट लागेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बारा निजगढ–१ की ९ वर्षकी र हेटौंडा–१६ की ७ वर्षकी बालिका छन् ।
प्रहरीका अनुसार हिँडिरहेको अवस्थामा अचानक पानीमा टेक्न पुग्दा करेन्ट लागेर दुवै जना बेहोस भएका थिए । दुवै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

