गौशाला धर्मशालामा काठमाडौं महानगरको बोर्ड


काठमाडौं – काठमाडौंको गौशालास्थित धर्मशालामा काठमाडौं महानगरले आफ्नै साइनबोर्ड राखेको छ । नगर प्रहरीसहित गएको महानगरको टोलीले आफ्नो साइनबोर्ड राखेको हो ।

२०६० सालमा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । तर जिल्ला अदालत काठमाडौंले उक्त सम्झौता खारेज हुने फैसला गरेको छ । कोषले गौशाला धर्मशाला सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरिसकेको छ ।

अदालतलको फैसला र कोषसँगको सम्झौतापछि महानगरको टोली धर्मशाला खाली गराउँदा पुग्दा मारवाडी सेवा समितिले रोक्न खोजेपछि केहीबेर धकेलाधकेल भएको थियो । समितिले मुद्दा नटुङ्गिएसम्म बाधा नगर्न आग्रह गर्दै बुधबार बिहान धर्मशाला परिसरमा प्रदर्शन समेत गरेको थियो ।

आज पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन वडा नम्बर–८ का अध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको थियो । महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ गरिएको थियो ।

प्रतिक्रिया