नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार


काठमाडौं – नेप्सेमा आज २७ अङ्कले घटेको छ । मंगलबार नेप्से २७.३९ अङ्कले घटेर २६६३.३२ विन्दुमा रोकिएको हो ।

आज ३०० कम्पनिको कारोबार हुदा एक करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज मिड सोलु हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोको शेयरमा ८.५० प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २७ करोड १७ लाख ६१ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज लक्ष्मी सनराइज प्रमोटर सेयरको ४ लाख कित्ता शेयर कारोबार भएको छ ।

प्रतिक्रिया