सिन्धुलीको भिमानमा भेटियो उँट


सिन्धुली- पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ । मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए।

एउटा उँट बस्तीमा देखिएपछि  हर्नेहरूको भिड लागेको छ ।  ‘हेर्दा अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन। हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले भने ।

डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताएका छन् ।

उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख बताए । ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो। नेपालका जंगलमा पाँइदैन। भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ। हाम्रो टोली त्यसतर्फ जाँदै छ,’ उनले भने।

 

प्रतिक्रिया