पाकिस्तानमा विस्फोट, दुई चिनियाँ इन्जिनियर मारिए


काठमाडाैं- पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन् ।

सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बिबिसीले जनाएको छ ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ । बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र ‘आतंककारी’हरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ ।

पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ ।

 

प्रतिक्रिया