शेयर बजारमा दोहोरो अंकको उछाल, ५६ अंकले परिसूचक बढ्दा ६ अर्बको कारोबार


काठमाडौं – आज शेयर बजारमा दोहोरो अंकले बढेको छ । ५६.०९ अंकले बढेको नेप्से २६५३.५८ बिन्दुमा अडिएको छ ।

समग्रमा बजार २.१५ प्रतिशतले बढेको हो । २५ सयको लाइनबाट शुरू भएको कारोबार २६५३ मा पुगेर बन्द भएको छ ।

आज ६ अर्ब १३ करोड ८२ लाख रूपैयाँभन्दा बढीको कारोबार भयो । आज ङ्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी कारोबार साहज ऊर्जाको भएको छ । साहज ऊर्जाको आइतबार ६३ करोड ८३ लाख रूपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

आज सबै समूहमा बढोत्तरी छ ।

 

प्रतिक्रिया