नयाँ प्रधानन्यायाधीश राउतको शपथ आज


काठमाडौं – नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आइतबार हुने भएको छ ।

राष्ट्रपति भवनमा आज १ः३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको हो ।

शीतलनिवास स्रोतका अनुसार शपथ ग्रहणपछि सर्वोच्च अदालतले आजै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।

सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया