बाढीपहिरोमा हालसम्म २३९ जनाको मृत्यु, १९ जना बेपत्ता


काठमाडौं — हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।

गृह मन्त्रालयका अनुसार एक सय ७७ जना घाइते भएका छन् ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको बताए ।

सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया