दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश


काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ । मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले  प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

प्रसाईविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुई मुद्दा दायर भएको थियो । दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई गत असोज ६ मा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टीका संग्रौलाले उजुरी दिएपछि ब्यूरोले अदालतबाट अनुमति लिएर प्रसाईंलाई असोज ६ गते पक्राउ गरेको थियो । उनीविरुद्ध अर्को पनि उजुरी परेको थियो । ८ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि ब्यूरोले प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया