बाढीको चपेटामा काभ्रेः ६२ को मृत्यु, ५२ घाइते


काभ्रेपलाञ्चोक – बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । चार बेपत्ता भएका छन् । ५२ जना घाइते भएका छन् ।

मृतकमध्ये एक विदेशी नागरिक तथा रोसी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो ।

घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् ।

घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चारजना अझै बेपत्ता रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ ।

प्रतिक्रिया