विकल पाैडेलविरूद्ध १ अर्ब ८६ करोडको अर्को मुद्दा


काठमाडाैं – राजश्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको छ ।

विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलविरुद्ध यस अघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहरिएर हाल कारागार जीवन विताइरहेका छन् ।

भ्रष्टाचारका पर्याय ठानिएका पौडेलविरुद्ध भ्रष्टाचार, किर्ते लगायतका कसुरमा यस अघि झण्डै आधा दर्जन मुद्दा दायर भइसकेको छ ।

 

प्रतिक्रिया