हवाइ टिकटको मुल्य घटाएको भन्दै यसरी झुक्कायो वायुसेवा सञ्चालक संघले


काठमाडौं-  संकटका बेला र चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले हवाइ भाडामा मनोमानी असुलेकाे जनगुनासाेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयकाे ध्यान खिचिएकाे थियाे । ओलीले अमेरिकाबाटै विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका थिए ।

यस्तै पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि सचिवालयमार्फत टिकट घटाउन आग्रह गरेकाेमा  वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको भनिएकाे थियाे । त्यसपछि आइतबार वायुसेवा सञ्चालक  संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो । मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठकपछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेकाे जनाएकाे थियाे ।

तर, सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिनदेखि तीन दिनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै झुक्काएको पाइएकाे छ । अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध छैन । संघले त्यसरी झुक्काउदा पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने यात्रुहरूले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आँकलन गर्न सकेकाे छैन ।

 

प्रतिक्रिया