दसैंको दुईदिन बन्द हुनेछन् काठमाडौं उपत्यकाका पेट्रोल पम्प


काठमाडौं- काठमाडौं उपत्यकामा दसैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ ।

दसैंमा इन्धन अभाव हुन नदिने विषयमा नेपाल आयल निगमले शुक्रबार डिलरहरुलाई बोलाएर छलफल गरेको थियो । उनीहरुसँगको छलफलमा दशैंको दुई दिन मात्र काठमाडौंमा पेट्रोल पम्प बन्द गर्न सहमति बनेको छ ।

दसैंको टिकाको दिन अर्थात असोज २६ र २७ गतेमात्र बन्द गरिने तयारी भएको छ ।  यसको आधिकारिक जानकारी केही दिनमै विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी निगमले गरेको छ ।

 

प्रतिक्रिया