ओली काठमाडाैं ओर्लनासाथ मन्त्रिपरिषद् बैठक बस्ने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री चार बजे आइपुगेलगत्तै मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । तर समय भने तय भइसकेको छैन ।

बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिने बुझिएको छ।

सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने बताइएको छ।

 

प्रतिक्रिया