आज नेपाल आइपुग्दै प्रधानमन्त्री ओली


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट आज नेपाल आइपुग्दैछन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन गत असोज ४ गते प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका थिए । उनी बोस्टनबाट कतारको दोहा हुँदै आज दिउँसो नेपाल आइपुग्ने भएका हुन् ।

ओली स्वदेश फर्किने क्रममा आइतबार साँझ अमेरिकाको बोस्टनबाट कतारको दोहातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया