अधुरै रह्यो अन्तर्राष्ट्रिय सम्मेलनमा जाने जुम्ल्याहा दाजु-बहिनीकाे सपना


काठमाडाैं-स्याङजाको गल्याङ नगरपालिका- ३ का दिपेश भट्टराई र दीपिका भट्टराई जुम्ल्याहा दाजु-बहिनी हुन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो ।

त्यसकै लागि उनी शुक्रबार काठमाडौं आउँदै थिए । तर, बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा टिकट काटेर चढेका उनीहरू काठमाडौं पुगेनन् । धादिङको झ्याप्ले खोलाको पहिरोमा पुरिएर उनीसहित आमा सीता भट्टराईले पनि ज्यान गुमाएका छन् ।

उनीहरू चढेकाे गाडीका चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया