हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु


कञ्चनपुर- जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली हात्तीको समूह गाउँ पसेपछि धमाउन घरबाहिर निस्केका स्थानीयले हो–हल्ला गरेका थिए ।

सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो । अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ। प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।

 

प्रतिक्रिया