झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए


काठमाडाैं- धादिङको झ्याप्ले खोलामा थप ३ शव फेला परेको छ ।

ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि हिंडेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन छ । ती शव सोही बसमा यात्रा गर्नेहरूको हुन सक्ने आशंका छ ।

यसैबीच झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस पनि फेला परेको छ । त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ ।  बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।

विहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले धादिङको झ्याप्ले खोलामा अझै केही सवारी साधन पुरिएको आशंकामा प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

 

प्रतिक्रिया