काठमाडौंमा अहिलेसम्मकै धेरै वर्षा


काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले राजधानी काठमाडौंमा अभिलेख राख्न सुरु भएयता अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० देखि वर्षाको अभिलेख रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै वर्षा मापन भएको विभागले जनाएको छ । शुक्रवार बिहान ८:४५ देखि शनिवार बिहान ८:४५ बजेसम्म राजधानी उपत्यकामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाका अनुसार यसअघि सन् २००२ मा काठमाडौंमा मापन भएको १७७ मिलिमिटर वर्षा नै अहिलेसम्मको उच्च थियो।

त्यसको २२ वर्षपछि शुक्रवार र शनिवार काठमाडौंमा त्यसभन्दा धेरै वर्षा भएको विभागले जनाएको छ ।

प्रतिक्रिया