

भरियो कुलेखानी, बिहानै २ वटा ढाेका खोलियो

हेटौँडा – कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।
जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।

