श्रीमानलाई कुटेर श्रीमती फरार


डडेल्धुरा – डडेल्धुरा घर भएकी एक महिला आफ्ना श्रीमानलाई कुटेर फरार भएकी छन् ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ३ घर भएकी कमला धामीले आफ्ना श्रीमानलाई धारीलो हतियारसमेत प्रहार गरि फरार भएकी हुन् । रोजगारीको क्रममा भारतको ब्याङ्लोरमा बस्दै आएका मनोज धामीलाई उनकी श्रीमतीले कुटपिट गरेकी हुन् । सामान्य विवादमा श्रीमती कमला धामीले कुटपिट गरेको मनोजले बताए ।

कमलाले मनोजको आँखामा खुर्सानीको धुलो छर्केर कुटपिट गरेको मनोजले बताए । कमलाले कुटपिट गर्दा आफ्नो अगाडिको तीन दाँत भाँचिको बताए । उनीमाथी खुकुरी प्रहार समेत भएको उनले बताए ।

खाना पस्किदेउ भन्दा आफै हालेर खाउ भन्दै आँखामा खुर्सानीको धुलो फालिदिएको उनले बताए।

प्रतिक्रिया