दैलेखमा दसैंको मुखमै ७१ कर्मचारीको जागिर गयो


दैलेख-  दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको छ । असोज ३ गते बसेको कार्यापालिका बैठकले करार सेवाका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भन्दै ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको हो ।

सामाजिक परिचालक,पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों , अहेव चौथों, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकार करार सेवा सम्झौता रद्द गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ ।

एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द भएपछि पालिकाको वडा नं १, ६ र ७ का वडा कार्यालय सहयोगीको भरमा चलिरहेका छन् । त्यसैगरि वडा नं. ६ र ७ को समस्या पनि उस्तै छ । सहयोगीको भरमा कार्यालय चलाउदा सामान्य सिफारिस दिन सकिएको छैन ।

नेपाल सरकारले वैदेशिक ऋण लिएर गाउँको विकासका लागि समानीकरण रकम खर्च गर्नुपर्नेमा तलव भत्तामा खर्च भुक्तानी गरि अपलचन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौं महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाकाले जनाएको छ ।

आन्तरिक राजस्व बाहेक विकासको पैसाले कर्मचारी राख्न नपाईने हुँदा एकैपटक यतिका कर्मचारी हटाउनु परेको पालिकाका प्रवक्ता रत्नबहादुर शाहीले बताए ।

प्रतिक्रिया