त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन उडाउन नपाइने


काठमाडाैं-  नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन उडाउन निषेध गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने बताएको हो ।

‘यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत् सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

 

 

प्रतिक्रिया