गोली हानेर श्रीमतीको हत्या, बुवा गम्भीर घाइते


सर्लाही – सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गए राति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति (बिहीबार बिहान) १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्‌ले गोली हानी हत्या गरेका छन् । उनीहरूबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले गए राति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षीया रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । रासस

प्रतिक्रिया