सुस्तामा बनेको पुल उद्घाटनका लागि आज सुस्ता आउँदै राष्ट्रपति पाैडेल


बुटवल — निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा झोलुङ्गे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो मानिएको पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता आउँदै छन् ।

राष्ट्रपति पौडेल आज दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता आउने कार्यक्रम तय भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व्रबहादुर कुँवरले जनाए ।

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा सहज भएको छ ।

नारायणी नदीमा पुल बनेपछि सुस्ता पारी पहिलो पटक बिजुली पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्ता पारी पुलकै बाटो भएर बिजुली लगिएको छ ।

प्रतिक्रिया