रेशम–रञ्जितालाई छाडेर केन्द्रीय उपाध्यक्षसहित २६ जना राजेन्द्र महतोको पार्टीमा गए


काठमाडाैं- रेशम चौधरी संरक्षक तथा उनकी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा प्रवेश गरेका छन् ।

यादवसहित उनीहरुले आज संयुक्त रूपमा विज्ञप्ति जारी  महतोको राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका हुन् ।  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेको केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको गुनासो उनीहरूकाे छ ।

‘हामीलाई पहिचान सहितको सङ्घीयता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट छैन भन्ने कुराको समेत हामीले महसुस गरेका छौँ’  उनीहरुले विज्ञप्तिमा भनेका छन्– ‘अहिले मुलुकले बहुल राष्ट्रिय राज्य स्थापना सहितको समाजवादी राजनीतिक नेतृत्वका साथ सही राजनीतिक कार्यक्रम, राजनीतिक कार्यदिशा दिन सक्ने विचारको खोजी गरिरहेको समेत हामीले महसुस गरिरहेका छौँ ।’

प्रतिक्रिया