कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुईजनाको मृत्यु


कञ्चनपुर- कञ्चनपुरमा चट्याङ लागेर एकैदिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । दोधारा चाँदनी नगरपालिका–६ बस्ने ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक उमीद जोशीले बताए ।

बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही ठाउँका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए । क्रममा चट्याङ लागेर दुवैजना घाइते भएकाे उनले बताए । उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको जोशीले जानकारी दिए ।

यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर १ नौरंगा बस्ने २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो ।

बारीमा काम गर्ने क्रममा बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको डिएसपी जोशीले बताए  ।

प्रतिक्रिया