काठमाडाैंबाट राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते


कावासोती – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना घाइते छन् ।

घाइतेहरुको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया