केहीदिन फेरि पानी पर्दै, कहिलेसम्म पर्ला त पानी ?


काठमाडौं – केही दिन खुलेको आकाशमा फेरि बदली हुने भएको छ। 

भोलिदेखि असोज १२ गतेसम्मै बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि थोरै असर पर्ने र पर्सीदेखि भने बढी वर्षा हुने जनाइएको छ।  

आगामी केही दिन देशभरको मौसममा बदलाब आई देशका विभिन्न स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। 

सोमवार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सो वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकोले कृषि कर्महरु शुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरिएको छ।

८ गते लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी प्रभाव छ भने त्यसपछि देशैभर बदली भई सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा बढी बदली हुने जनाइएको छ। 

 

 

प्रतिक्रिया