धनुषा प्रहरीको हिरासतबाट भागेका सात थुनुवा पक्राउ


काठमाडौं- जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका सातजना थुनुवा पक्राउ परेका छन् । थुनुवा कक्षबाट फरार भएका ९ मध्ये सात जना थुनुवा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार धनुषा नगराईन–२ का मनिष मण्डल र धनुषा औरही गाउँपालिका–२ का विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको जानकारी दिए।

मण्डल अभद्र व्यवहार र मुखिया लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवा हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षको भेन्टिलेसन फोडेर सोमबार बिहान ९ जना थुनुवाहरू फरार भएका थिए ।

 

प्रतिक्रिया