कोहलपुरमा पिर्काले हानेर बुवाको हत्या


बाँके- बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा पिर्काले छोराले  हानेर बुवाको हत्या गरेका छन् । बुवा र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनका छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको बताए ।

प्रारम्भिक अनुसन्धानका अनुसार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएकाे प्रहरीले बताए ।

गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले जानकारी दिए  । छोरा दिपबहादुर क्षेत्रीले आफूले हानेर बुवाको हत्या गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया