टोखाको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु


काठमाडाैं- काठमाडाैंको टोखास्थित गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ की दुर्गा सहनीकी ४वर्षीया छोरी गुराँस सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो पोखरीमा डुबेकी उनकाे राति मृत्यु भएको हो ।

प्रतिक्रिया