पक्राउ परेका दुर्गा प्रसाईं हिजाेदेखि वीर अस्पतालमा


काठमाडौं-  साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई वीर अस्पताल भर्ना गरिएको हो।

प्रसाईं हिजो भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध सामाजिक सञ्जालमा एक जना महिलाको चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको आरोप छ ।

प्रहरीले उनीविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ ।

प्रतिक्रिया