यसपटक पनि हारे अर्को चुनाव नलड्ने ट्रम्पको घोषणा


काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले यसपटक पनि पराजित भए अर्कोपटक चुनाव नलड्ने घोषणा गरेका छन् ।

रिपब्लिकन पार्टीबाट चुनावमा राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पले आइतबार एक अन्तर्वार्तामा आगामी नोभेम्बरमा हुने चुनावमा पराजित भए २०२८ को चुनाव नलड्ने बताएका हुन् । उनले भनेका छन्, ‘आगामी नोभेम्बरमा हुने चुनावमा पराजित भए २०२८ को चुनाव लड्दिनँ ।’

ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेको यो तेस्रोपटक हो । त्यसमध्ये एउटा चुनावबाट उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए भने अर्को पटक पराजय व्यहोरेका थिए । ट्रम्पले लड्न लागेको तेस्रो चुनाव भने आगामी नोभेम्बरमा हुँदै छ ।

उनले यसपटकको चुनाव आफुले जित्नेमा विश्वस्त रहेको समेत बताए । अमेरिकामा एक व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति हुन पाउने व्यवस्था छैन । जसका कारण उनले चुनाव जिते भने पनि सन् २०२८ को चुनावमा उनी राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

प्रतिक्रिया