रवि पक्राउ पर्ने खबरपछि रास्वपाले बोलायो आकस्मिक भेला


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने खबर आएसँगै वनस्थलीस्थित पार्टी कार्यालयमा कर्याकर्ता भेला हुन थालेका छन् । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए ।

गोर्खा मिडियाबाट विभिन्न सहकारीको बचत रकम दुरुपयोग गरेको आरोपमा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ परिसकेका छन् । शुर्यदर्शन सहकारीको बचत अपचलनमा छानबिनमा रहेका रविलाई समेत पक्राउको तयारी भएपछि पार्टीले कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालयमा बोलाएको हो ।

स्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् ।

प्रतिक्रिया