करेन्ट लगाएर मारिएको अवस्थामा जंगली हात्ती फेला


बारा- बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ ।

करिब १५ वर्षको  जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए ।

हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ ।  हात्तीको सुँडमा सामान्य खतसँगै केही रगतको टाटा समेत देखिएको छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया