नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु


चितवन- भरतपुर महानगरपालिका-२ नारायणगढ लिलाचोक नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-५ काँग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दूधपोखरी गाउँपालिका-६ का ४० वर्षीय पुर्णबहादुर गुरूङ रहेका छन् । थापाले मोटरसाइकल चलाएका थिए ।

शुक्रबार राति १ बजेर २० मिनेट जाँदा लिलाचोक भित्री सडकमा नारायणगढ सहिचोकबाट पोखरा बसपार्क जाँदै गरेको बा प्र प ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएकोमा दुवैको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया