

संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन, ‘नेपालीका लागि आजको दिन विशेष दिन हो’ (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनलाई विषेश दिनका रुपमा चित्रण गरेका छन् ।
संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आजको दिन सबै नेपालीका लागि विशेष दिन भएको बताएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘आज हाम्रा लागि विशेष दिन हो । आज वर्षौं लामो संघर्ष, हजारौंको बलिदान र हामी सबैको अथक मिहिनेतबाट देशको मूल कानुन बनेको दिन हो,’ भनेका छन् ।

